Odapalika - The Fourth Estate - चौथो अंग
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन २४ सय रूपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन बिहीबार २४ सय रूपैयाँले  घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, बिहीबार तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी बिहीबार ५५ रूपैयाँले घटेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update