Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको नाम आयो चाँदबाग स्कुलले उपभोग गरेको १० रोपनी जग्गा

काठमाडौँ । तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको १० रोपनी जग्गा सरकारका नाममा फिर्ता आएको छ । 

सो जग्गालाई चाँदबाग स्कुलले अनधिकृत रुपमा उपभोग गर्दै आएकोमा ९ साउनमा जग्गा नेपाल सरकारको नाममा फिर्ता आएको हो । 

चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले गरेको पहलअनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा रहेको सो जग्गा फिर्ता आएको हो । 

chadbaag-school-1721888505.jpeg
महानगरको वडा नम्बर ३ को कार्यालयले ८ साउनमा उतारेको श्रेस्ताअनुसार मालपोल कार्यालय डिल्लीबजारले जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बुझाइएको थियो । 

WhatsApp-Image-2024-07-25-at-11.41.36-1721888551.jpeg
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update