Odapalika - The Fourth Estate - चौथो अंग
संसदीय समितिमा सभापति यादव र पूर्वमन्त्री किराँतीबीच भनाभन, छलफल नै बहिस्कार 

काठमाडौं । पूर्वमन्त्री सुदन किराँतीले संसदीय समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समिति सभापति राजकिशोर यादवसँग भनाभन भएपछि बैठक नै बहिस्कार गरेर किराँती बाहिरिएका हुन् ।

विषय केन्द्रित भएर बोलिरहेका किराँतीलाई सभापति यादवले रोक्न खोजेपछि विवाद भएको हो । 

नेपालको हवाई सुरक्षासहितका विषयमा आफ्नो धारणा राखिरहेका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीलाई सभापति यादवले विषयवस्तुमा केन्द्रित हुँदै प्राविधिक पक्षमा विचार राख्न र भनाइ छोट्याउन निर्देशन दिए । 

पक्षमा विचार राख्न र समय छोट्याउन आग्रह गर्दछु,’ सभापति यादवले आग्रह गरेका थिए ।

त्यसपछि किराँतीले पनि आफू विषयवस्तुमै केन्द्रित रहेको जवाफ दिए । तर, आफू टेक्निसियन नभएको, जहाज चलाउने पाइलट पनि नभएको भन्दै उनले प्राविधिक विषयमा बोल्न सक्छु ? भन्ने प्रश्न गरे । साथै आफू राजनीतिज्ञ भएकाले नीतिगत पक्षमा धारणा राख्ने किराँतीले बताए । 

यसपछि सभापति यादवले थप बोल्न नदिएपछि किराँतीले बैठक नै बहिस्कार गरेर बैठकस्थलबाट बाहिरिए । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update