Odapalika - The Fourth Estate - चौथो अंग
प्राधिकरणका महानिर्देशकलाई प्रश्न– तपाइँले ७ वटा विमान दुर्घटनाको जिम्मा लिनुपर्दैन ?

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गर्न सांसदहरुले माग गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरूले महानिर्देशक अधिकारीको कार्यक्षमतामा प्रश्न उठाउँदै निलम्बन गर्नुपर्ने धारणा राखेका हुन् । सांसद उदयशमशेर जबराले सातवटा विमान दुर्घटनाको जिम्मासमेत महानिर्देशक अधिकारीले लिनुपर्ने जिकीर गरे ।

अधिकारीले प्राधिकरणको जिम्मेवारी सम्हालेयता सातवटा विमान दुर्घटना भएको भन्दै जबराले प्रश्न गरे, ‘सातवटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?’

उनका अनुसार सन् १९९६ यता साना ठूला ६० विमान नेपालमा दुर्घटनामा परेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update