Odapalika - The Fourth Estate - चौथो अंग
उपसभामुखबारे रास्वपाले भन्यो– उहाँ हाम्रो पार्टीको सदस्य होइन, निर्णय गरिरहनुपरेन 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाबारे कुनै निर्णय गरिरहनुनपर्ने बताएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुख रानाबारे पार्टीले कुनै निर्णय गरिरहनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । 

उपसभामुख रानामाथि मानव तस्करको आरोप लागेको छ । अमेरिका लैजान मानिसबाट पैसा लिएको र यसका लागि काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेर भिसा दिन आग्रह गरेको आरोप उनीमाथि लागेको छ । 

यसबारे उपसभामुख रानाका विषयमा आफ्नो पार्टीले निर्णय गर्नुनपर्ने कार्यवाहक प्रवक्ता झाले बताए । अहिले राना रास्वपाको सदस्यसमेत नरहेकाले निर्णय गर्नुनपर्ने उनको भनाइ छ । 

उपसभामुखबारे बैठकमा छलफल भएको भन्दै उनले उपसभामुख रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गरे । 

अनौपचारिकरूपमा बुझ्दा दूतावासमा दर्ता नभएको र सिफारिसकै आधारमा कसैले सुविधा लिइएको पनि नलिएको उनले बताए । 

रास्वपाको कोटाबाट उसभामुख बनेकी रानाको आशय र नियतसमेत गलत नरहेको दाबी गर्दै प्रवक्ता झाले संवैधानिक परिषदम बहुमत पु¥याउन चलखेल भएको आशंका व्यक्त गरे । 

साथै बैठकले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको छ । अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको  कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update