Odapalika - The Fourth Estate - चौथो अंग
पोषणमैत्री स्थानीय शासनको प्रशिक्षक बन्ने हो ? यसरी दिनुहोस् आवेदन 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोषणमैत्री स्थानीय शासनको प्रशिक्षण प्रशिक्षक तालिम संचालन गर्ने भएको छ । 

स्थानीय तहमा कार्यान्वयनमा रहेको पोषणमैत्री स्थानीय तह कार्यक्रमलाई प्रभावकारी बनाउन प्रशिक्षक उतपादन गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले १६ साउनसम्म प्रशिक्षक बन्न चाहनेका लागि फाराम भर्न आह्वानसमेत गरेको छ । स्नातकोत्तर तह उतीर्ण गरेको, सिक्ने र सिकाउने क्षमता भएको, तालिम सहजीकरण सीप भएको, सामाजिक विकास, सामाजिक परिचालनलगायतका क्षेत्रमा काम गरेको अनुभव भएका व्यक्तिले प्रशिक्षक तालिममा सहभागी हुन पाउने भनेको छ । 

तालिमपछि उनीहरुलाई पोषणमैत्री कृयाकलापमा सहभागी गराइने मन्त्रालयको भनाइ छ । ५ वर्षे बहुक्षेत्रिय पोषण योजनाअन्तरगत स्थानीय तहहरुमा हाल यो कार्यक्रम लागु छ ।  

प्रशिक्षक प्रशिषण तालिममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा गएर फाराम भर्न सकिने मन्त्रालयको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update