Odapalika - The Fourth Estate - चौथो अंग
नेपालको पहिलो महिला मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त 

काठमाडौं । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । 

सरकारले कायममुकायम मुख्यसचिवको जिम्मेवारी सम्हालिरहेकी उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि असार ३१ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो भने बिहीबार बसेको बैठकले मुख्यसचिवमै नियुक्त गरेको हो । 

गड्तौला आउँदो १५ भदौमा ५८ वर्षे उमेर हदका कारण अवकाश हुनेछिन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update