Odapalika - The Fourth Estate - चौथो अंग
किर्तिपुर नगरपालिकाका मेयर गम्भीर बिरामी

काठमाडौँ । किर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको मिर्गौलामा गम्भीर समस्या देखिएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको छ । 

केहीदिनदेखि अस्वस्थ्य मेयरलाई आज वीर अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार थालिएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन् । 

उनले नगरका तर्फबाट विज्ञप्ति जारी गर्दै मेयरको आइसीयूमा उपचार भइरहेको बताएकी छिन् । मिर्गौलामा समस्या देखिएर आराम गर्नुपर्ने भएपछि मेयर नकर्मीले गत २ साउनमा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । 

उपमेयरका अनुसार आइसीयूमा राखेर उपचार जारी रहेकाले उनको थप स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिने क्रममा रहेको बताएकी छन् । 

IMG_20240725_0002-1721910197.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update