Odapalika - The Fourth Estate - चौथो अंग
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

आज राति देशभर बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । 

अहिले विहान गण्डकी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । 

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई  स्थानमा भारी  वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शनिबार देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ । 

शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update