Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आजको राशिफल

आजको पञ्चाङ्ग

तिथिः षष्टी । नक्षत्रः उ.भा. । करणः गर । चन्द्रराशिः मीन । सूर्योदयः ५ः२५ । सूर्यास्तः १८ः ५४ । दिनमानः ३३ः ४५ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

तपाईंका अधुरा काम पूर्ण हुनेछन् । दिनभरी नै सुखको अनुभूति भइरहने छ । आर्थिक रुपमा सबल दिन छ । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

तपाईंको पराक्रमले काम बन्नेछ ।  आजको दिन शुभ रहनेछ । सहयोग गर्ने प्रशस्तै हुनेछन् । धन प्राप्तिको प्रवल सम्भावना रहेको छ । 

मिथुन  (का कि कु घ ङ छ के को ह )

आज मध्यम समय रहेको छ । सम्मान तथा प्रशंसा प्राप्तिको योग रहेको छ । नसोचेको काम बन्ने छ । स्थायी सम्पत्ति जोडिनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो )

विद्यामा सफल भइनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ साथीसँग सम्बन्ध स्थापित हुनेछ  । सन्तान सुख रहेको छ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

स्वस्थ्य बिग्रन सक्नेछ । विवादमा पर्न सकिन्छ । मानसिक तनाव रहनेछ । अनावश्यक खर्च हुनेछ । कुरा काट्नेले काम बिगार्न सक्नेछन् । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

दिनको काम अर्थपूर्ण बन्नेछ । गरेको काम पूरा हुने देखिन्छ ।  पतिपत्नीको सल्लाहले गरेको कामले गति लिनेछ । आयमा वृद्धि हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते ) 

आज शत्रुले काममा बाधा दिनेछन् । जमघट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । खर्च बढी नै हुनेछ । स्वास्थ भने गढबढ हुनेछ ।

वृश्चिक  ( तो ना नि नु ने नो या यि यु )

धार्मिक यात्रा हुनेछ । स्वस्थ्यमा देखिएको समस्या हट्नेछ । सन्तान सुख मिल्नेछ । सोचेभन्दा राम्रो आम्दानी हुनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज कर्मप्राप्तिको योग छ । खरिद बिक्रिको काममा लागिनेछ । यात्रा रमाइलो र उपलब्धिमूलक नै हुनेछ । सेवाको अवसर प्राप्त हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आयमा वृद्धि भई पराक्रम बढ्नेछ । शरीरमा स्पूmर्ति आउनेछ  । दुखदिनेहरु हरेश खानेछन् । धैर्यताले काम गर्नुपर्नेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

रोकिएका कामले तनाव दिनेछ । लामो यात्रा तय हुनेछ । खर्चको बाटो बढ्नेछ । मानसिक र शारीरिक श्रम गर्नुपर्नेछ । 

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

प्रशंसाले मन आनन्दित हुनेछ । नयाँ कामको योजना बन्नेछन् । घुमफिरमा समय मित्नेछ । मनले चिताएको कुरा गर्न पाइनेछ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update