Odapalika - The Fourth Estate - चौथो अंग
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन 

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलामा गम्भीर समस्या देखिएपछि वीर अस्पताल भर्ना भएर उपचाररत नकर्मीको बिहीबार राति नै मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले‍ जानकारी दिए ।

केहीदिनदेखि अस्वस्थ्य मेयरलाई बिहीबार वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन् । 

मेयर नकर्मीको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि केही समय नगरपालिकामा राखिने र शुक्रबार नै अन्त्येष्टि गरिनेछ । 

नगरपालिकाले शुक्रबार सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ । मिर्गौलामा समस्या देखिएपछि आराम गर्नुपर्ने भएपछि मेयर नकर्मीले यही २ साउनमा उपमेयर शाक्यलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । 

kirtipur-1721969964.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update