Odapalika - The Fourth Estate - चौथो अंग
पार्टीको झण्डा ओढाएर मेयर नकर्मीप्रति देउवा र प्रकाशमानको श्रद्धाञ्जली

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर राजकुमार नकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मिर्गाैला रोगबाट पीडित मेयर नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो । 

शुक्रबार सभापति देउवा र कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेयर नकर्मीको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् । 

नकर्मीको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि  नगरपालिका कार्यालय परिसरमा राखिएको छ । त्यहीँ पुगेर देउवा र सिंहले श्रद्धाञ्जली दिएका हुन् । 

नगरपालिका कार्यालय परिसरमा नकर्मीप्रति श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुक, नगरका सरकारी कर्मचारीलगायत सर्वसाधारण उपस्थित भएका छन् । 

मेयर नकर्मीको निधनपछि शुक्रबार कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

मिर्गौलामा समस्या देखिएपछि आराम गर्नुपर्ने भएपछि मेयर नकर्मीले यही २ साउनमा उपमेयर शाक्यलाई कार्यवाहकको जिम्मेवारीसमेत दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update