Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् पुँजीकोष दबाबमा परेका बैंकलाई राष्ट्र बैंकले दिन लागेको ५ नयाँ सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाको लागि विशेष सुविधा ल्याएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो नयाँ सुविधा प्रदान गरेको हो । 

नयाँ सुविधामा असल वर्गको कर्जामा नोक्सानी व्यवस्था गर्नुपर्ने रकम घटाउनेदेखि पुँजीकोषका नयाँ उपकरण प्रयोगलाई प्रोत्साहित गर्नेसम्म छन् ।

यस्ता छन् नयाँ सुविधा

(क) पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने । 

(ख) असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने । 

(ग) कर्जा खरिद बिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।

(घ) विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियो (आरआरपी) को सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु. २ करोड ५० लाख कायम गर्ने । 

(ङ) बैक तथा वित्तीय संस्थाले टायर २ क्यापिटल गणना गर्दा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ का व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टायर २ क्यापिटलको रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने ।

(च) उपरोक्त (क) देखि (ङ) सम्मका व्यवस्थाहरुबाट वित्तीय प्रणालीमा पर्ने असरलाई नियमित अनुगमन गर्ने ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update