Odapalika - The Fourth Estate - चौथो अंग
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश 

झापा । वडाअध्यक्षलाई कार्यवाहक अधिकार दिने कमल गाउँपालिका अध्यक्षको निर्णयमा उच्च अदालतले अंकुश लगाएको छ । 

जापान भ्रमणमा निस्कनुअघि गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले उपाध्यक्षलाई निदुपर्ने कार्यवाहक खोसेर वडाध्यक्षलाई दिएका थिए । 

याे पनि 

७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण 

यो निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीले आदेश दिएका छन् । 

गाउँपालिका उपाध्यक्ष कमला न्यौपानेले दायर गरेको रिटमा अदालतले स्थानीय सरकार संचालन ऐन विपरित कार्यवाहकको जिम्मेवारी दिएको भन्दै सो निर्णय कार्यान्वयन नगर्न भनेको हो । 

यस्तो छ अदालतको आदेश 
 

kamal-gaunpalika-aadesh1692705100.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update