Odapalika - The Fourth Estate - चौथो अंग
कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, समर्थन यथावत

विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । 

कोशी सरकारमा सहभागी भएका माओवादी केन्द्रका भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

सरकारबाट बाहिरिएको माओवादीले भने समर्थन फिर्ता नलिने भएको छ । शुक्रबार नै बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने तर समर्थन फिताए नलिने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update