Odapalika - The Fourth Estate - चौथो अंग
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा 

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा शाेक बिदा दिइएको छ । 

उपत्यका मेयर्स फोरमले  स्थानीय तह र मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो । फोरमले उपत्यकाभरका पालिकाहरुमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

उपत्यकाभित्रका पालिकाहरुले पनि सूचना जारी गर्दै आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने भनेका छन् । मिर्गौलाबाट पीडित नकर्मीको उपचारका क्रममा बिहीबार निधन भएको हो । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update