Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा बैठकः नाम हेरफेरदेखि विचार गर्नेसम्मका प्रस्ताव  

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update