Odapalika - The Fourth Estate - चौथो अंग
एक हजारले बढ्यो सुनको मूल्य 

काठमाडौं । साताको पहिलो कारोवारको दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन एक हजार रूपैयाँले बढेको  हो । 

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी,आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रूपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update