Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आयोगमा मुकुल ढकालको निवेदन– ममाथि गरिएको कारबाही अवैधानिक, महासचिवमा बहाल छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई साधारण सदस्यमात्र रहने गरी गरिएको कारबाही अवैधानिक भन्दै निष्काशित महासचिव डा. मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

अनुशासन उल्लंघनको आरोपमा महासचिव, प्रवक्ता, केन्द्रीय सदस्यबाट निष्काशित भएका मुकुलले आइतबार आयोगमा कारबाही बदरको माग राखेर निवेदन दिएका हुन् । 

पार्टी केन्द्रीय समितिको बैठकले असार २५ गते आफूमाथि कारबाही गर्ने निर्णय वैधानिक नभएको उनको दाबी छ । 

पदीय भूमिकाबाट मुक्त गरेको औपचारिक पत्र हालसम्म नपाएको जानकारी गराउँदै उनले कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको पनि दाबी गरेका छन् । 

उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएकोले कारबाही अवैधानिक ठहर हुने निवेदनमा दाबी गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update