Odapalika - The Fourth Estate - चौथो अंग
भुटानी शरणार्थी प्रकरण : अनुसन्धान गर्ने डीआईजीको सरुवाप्रति सांसदको आक्रोश, गृहमन्त्रीकाे जवाफ मागियाे  

काठमाडौं । सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरेपछि सांसदहरुले आक्रोश व्यक्त गरेका छन् । गत बुधबार गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई सरुवा गरेर प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो अनुसन्धानमा सक्रिय रहेका डीआईजी केसीको सरुवाप्रति गम्भीर आशंका व्यक्त गर्दै प्रतिपक्षी दलका सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् । 

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रतिपक्षी रास्वपाका सांसदहरुले सरकारप्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्रीको जवाफ मागेका छन् ।  

नक्कली भुटानी शरणार्थीको फाइल खोल्दा सत्ता समीकरण परिवर्तन भएको दाबी गर्दै आएका प्रतिपक्षी दलका सांसदले अहिले डीआईजी केसीको सरुवालाई अभियुक्त जोगाउन खोजिएको आरोप लगाएका छन् । 

रास्वपा सांसद हरि ढकालले अब्बल राष्ट्र सेवक कर्मचारी डीआईजी केसीलाई किन, के का लागि के उद्देश्य लिएर सरूवा गरियो भन्ने प्रश्न गरे । 

आइतबार प्रतिनिधि सभामा आकस्म्कि समयमा लिएर बोल्दै रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे ।

‘‘डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उदेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरे ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विगतमा इन्सपेक्टर सरुवाको विषयमा बोलेको स्मरण गर्दै सांसद ढकालले भने, ‘‘कांग्रेसका महामन्त्रीज्यूले असार १० गते एउटा पोस्ट गर्नुभएको थियो– इन्स्पेक्टर सरुवाको विषयमा गलत भाष्य साबित गर्नका लागि । म आग्रह गर्न चाहन्छु कांग्रेसका एक महामन्त्रीज्यूलाई डीआईजी मनोज केसीको सरुवाको विषयमा तपाईं बोल्न सक्नुहुन्छ कि हुँदैन यो सदनमा ?’

सरकारले अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई र अनुसन्धान गरिनुपर्नेहरुलाई मन्त्री दिएर पुरस्कृत गरेको उनको आरोप छ । यस्तै, सांसल गणेश पराजुलीले पनि डीआईजी केसीको ‘सरुवा दण्ड कि पुरस्कृत’ भन्दै सरकारको जवाफ मागेका छन् । 

संसदको आकस्मि समयमै उनले पनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीलाई मन्त्री बनाएको भन्दै अहिले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको सरुवा गरेकोप्रति गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । 

पूर्ववर्ती सरकारले भुटानी शरणार्थी प्रकरणका अभिव्यक्तिहरुलाई पक्राउ गरी कारबाही गरेर टुंगोमा पु¥याउन खोज्दा सत्तासमीकरण परिवर्तन भएको भन्दै उनले पक्राउ गर्ने, अनुसन्धान गर्ने प्रहरी अधिकृतको सरुवा भएको बताए ।   
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update