Odapalika - The Fourth Estate - चौथो अंग
सेयर बजारमा हरियाली, ११३ अंकले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार हरियाली भएको छ । यस दिन नेप्से परिसूचक ११३.४२ अंकल बढेको हो । 

आइतबार दुईपटक सकारात्मक सर्किट लागेको बजारमा कुल १५ अर्ब ८१ करोड पाँच लाखको कारोबार भयो । यस दिन कारोबार खुल्नेबित्तिकै दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको बजार अन्तिममा ४.४१ प्रतिशतले वृद्धि भएर २६८१.५६ विन्दुमा बन्द भएको हो ।

वाणिज्य बैंकहरूको सेयर सर्वाधिक बढेको छ । वाणिज्य बैंकिङ समूहको परिसूचक ९.८९ प्रतिशतले बढेर बन्द भएको छ । लगानी समूहको परिसूचक ५.७५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्सको सेयर मूल्य भने ०.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update