Odapalika - The Fourth Estate - चौथो अंग
विश्वप्रकाशले भने– रवि लामिछानेले मिठो भ्रम दिए, यो सरकारले स्टन्ट गर्न हुँदैन 

काठमाडौँ । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले कुनै पनि स्टन्ट गर्न नहुने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कुनै पनि काण्ठ दोषी र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए । उनले नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी–स्टेट प्रकरणसम्मको छानबिन गर्नुपर्ने बताउँदै कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । 

निवर्तमान गृहमन्त्री रवि लामिछानेले मिठो भ्रम दिएको भन्दै उनले गिरीबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्नुपर्ने बताए । 

रवि लामिछाने गृहमन्त्री बन्नुभन्दा ९ महिना अघि नै नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बताउँदै महामन्त्री शर्माले  तर, बिदा हुने बेला रविले मिठो भ्रम दिएको टिप्पणी गरे । 

‘गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न । नक्कली भुटानी शरणार्थी पनि त्यही हो । जुनबेला फाइल खुलेको थियो त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो,’ उनले भने, ‘निवर्तमान गृहमन्त्री रवि लामिछानले बिदा हुने बेलामा रमाइलो झुट बोल्नुभयो । कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो भनेर मिठो भ्रम दिनुभयो । त्यो केवल गलत थियो ।’ 
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update