Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी 

काठमाडौँ ।  काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खसेको छ । 

स्थानीय सञ्चारकर्मी पोषनाथ अधिकारीका अनुसार प्रदेश ३०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो । 

दुर्घटनामा परेको बसमा सवार अहिलेसम्म १८ जनाको उद्दार गरिएको जिल्लाप्रहरी कार्यालय धादिङ प्रहरीले जानकारी दिएको छ ।  उद्दार अहिले पनि जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update