Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी दोषी ठहर

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार सर्वोच्च अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले  सो फैसला सुनाएको हो । 

यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिबाना हुने फैसला सुनाए पनि सर्वाेच्चले भने बिगो र कैद सजाय घटाएको छ ।

साथै, ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update