Odapalika - The Fourth Estate - चौथो अंग
‘गाउँँका सिंहदरवार’ स्कुलको जीर्ण भवनमा

भोजपुर । सदरमुकाममै रहेको भोजपुर नगरपालिकाका वडा स्थापनादेखि नै कार्यालयबिहीन बनेको छ । 

वडा नम्बर ५ को कार्यालय नभएपछि उसले विद्यालयको भवनबाटै सेवा प्रवाह गर्नुपर्ने वाध्यता छ । वडामा रहेको पञ्चकन्या माविको जीर्ण भवनबाट वडाका सोव प्रवाह गर्नुपरेको वडाअध्यक्ष फबिन्द्र प्रधान बताउँछन् । आफ्नै भवन अभावमा विद्यालयको जीर्ण भवनबाट वडाको दैनिक कामकाज गर्नुपर्ने वाध्यता रहेको उनको भनाइ छ । 

‘वडा कार्यालय सञ्चालनका लागि भवन छैन, स्कुलको कोठा मागेर बनाएको कार्यालयमा पनि काम गर्न निकै कठिन छ,’ उनी भन्छन् ।

विद्यालयले दिएको दुई कोठे भवन पनि सबै जीर्ण अवस्थामा छ । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय धनराज राईले तीन रोपनी जग्गा उपलब्ध गराएपनि भवन बनाउन बजेट अभाव भएको उनको भनाइ छ । 

पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो हुने गुनासो अध्यक्ष प्रधानको छ । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा काम गर्न नसकिएको वडासचिव अभिनास राई बताउँछन् । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update