Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेश प्रमुखदेखि राजदूतसम्म हेरफेर, को हटे, को आए ? 

काठमाडौंँ । सोमवार अबेर बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि विभिन्न देशका राजदूतसम्म हेरफेर गरेको छ । 

सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

संविधानको धारा १६५ को उपधारा १ बमोजिम उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरेर सरकारले वाग्मतीको प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

सरकारले पाँच देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले चीन, अस्ट्रेलिया, रुस, श्रीलंका र दक्षिण अफ्रिकाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, रुसका लागि मिलनराज तुलाधर, श्रीलंकाका लागि वासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदू दानबहादुर तामाङ फिर्ता बोलाउने निर्णय भएको हो ।

सरकारले १८ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले अमेरिका, बेलायत, दक्षिण कोरिया, रुस, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update