Odapalika - The Fourth Estate - चौथो अंग
मनसुनी वायु देशभर सक्रिय, यी प्रदेशमा पर्दैछ पानी 

काठमाडौँ । मनसुनी वायुको प्रभाव देशभर पर्दा आज देशभर नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा भएका कारण देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । 

वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।  विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ 

राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको विभागको भनाइ छ । 

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि अधिक  भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update