Odapalika - The Fourth Estate - चौथो अंग
बृष राशिमा चन्द्रमा, मध्यान्हमा राहुकाल, यस्तो छ १२ राशिको हाल

आजको पञ्चाङ्ग 

तिथिः दशमी । नक्षत्रः कृतिका । करणः वव । चन्द्रराशिः वृष । सूर्योदयः ५ः २७ । सूर्यास्तः १८ः ५२ । दिनमानः ३३ः ३४ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आजको दिन सोचेभन्दा बढी खर्च हुनेछ । समयले पूरै साथ दिनेछैन ।  कष्टसँग दिन बित्नेछ । हुनेछ । ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा आएको समस्या कम हुनेछ । कार्य क्षेत्रमा लागिनेछ । स्वास्थमा प्रगति हुनेछ ।

मिथुन  (का कि कु घ ङ छ के को ह )

तपाईंको आज आयआर्जनको दिन हुनेछ । कुटुम्बले साथ दिनेछन् । बसेको स्थान भने छोड्नु पर्नेछ । दिएको धन आउने सम्भावना बलियो छ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । भेटघाटमा समय खर्चिनु पर्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

गरेको कामको जश पाइँनेछ । भाग्यले पूरा साथ दिनेछ । लेनदेनको कारण छोटो यात्रा होला । सन्तान सुख र विद्यामा सफलता पाइनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आज जे गर्नुहुन्छ त्यो कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला । शत्रुपक्षले बाधा गर्नेछन् । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ । परिवारको साथ पाइनेछ ।  

धनु (ये यो भा भि भु ध फा ढा भे )

आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन् । स्वास्थ समस्या बढ्नेछ । 

मकर  (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आज तपाईँको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । धार्मिक यात्रा हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज महत्वपूर्ण सामानको दुरुपयोग हुनेछ । महत्वपूर्ण कार्य छुट्नेछन् । मन निरुत्साहित हुनेछ । यात्रा हुने देखिन्छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

वन्धुवर्ग नै सहयोगी बन्नेछन् । सामन्य कामको उपलब्धि विशेष हुनेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । आयआर्जनमा बृद्धि हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update