Odapalika - The Fourth Estate - चौथो अंग
रक्सी–चुरोट रोक्न संघीय सरकारले गुहार्‍याे स्थानीय सरकार, घर र गाडीमा पनि सेवन रोक्न सकिने 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती चुरोटको सेवन रोक्न भन्दै स्थानीय सरकारसँग सहयोग मागेको छ । 

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत देशभरका स्थानीय तहलाई पत्राचार गर्दै नियन्त्रणका लागि बनेका कानुनमा स्थानीय तहको महत्वपर्ण भूमिका रहेको भन्दै ती जिममेवारी निर्वाह गर्न आग्रह गरेको हो । 

सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थ नियन्त्रण गर्न स्थानीय सरकारले विभिन्न १४ वटा गतिविधि गर्न सकिने भन्दै ती बुँदासमेत उल्लेख गरेर पत्राचार गरेको हो । 

जसमा अर्को व्यक्तिको उपस्थितिमा निजी सवारी र निजी घरमा समेत धुमपान गर्न नहुने, १८ वर्ष मुनिकालाई सुर्तीजन्य पदार्थ बेचविखन र खरिद गर्न नदिनेलगायतका बुँदा समावेश छन् । 

मदिरा विक्री वितरणका लागि निश्चत समय छुट्याउने, होर्डिङ वोर्डलगायतमा यसको प्रचार प्रसार गर्न नदिनेकाममा पनि मन्त्रालयले स्थानीय सरकारको साथ खोजेको छ ।

यस्तो छ पत्राचार 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update