Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से साढे ३५ अंकले वृद्धि, १७ अर्बभन्दा बढी कारोबार 

काठमाडौं । चालु साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले वृद्धि भएको छ । २६९६.६५ विन्दुमा पुगेर बन्द सेयर बजारमा १८९ कम्पनीको सेयर मूल्य बढेको छ । 

मंगलबार १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँको कारोबार भएको बजारमा ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच भएको छ । 

यसदिन ४७ कम्पनीको सेयर मूल्य घट्दा ६ वटाको स्थिर रहेको छ । 

चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एसियन हाइड्रो पावरको १० प्रतिशतले सेयर मूल्य घटेको छ । १० प्रतिशत सेयर मूल्य वृद्धि हुने कम्पनीमा प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सानजेन जलविद्युत् र नेपाल वेयरहाउजिङ रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update