Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीको घोषणा– दुई वर्ष पुग्नु एक हप्ताअघि नै राजीनामा दिन्छु 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग सहमति पालना हुने बताएका छन् । 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा  सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार कति दिन टिक्ला र भनेर हल्ला फिजाउन सक्ने भन्दै दुई वर्ष आफू सत्तामा रहने बताएका हुन् । 

गएको असार १७ गते एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

यसैअनुसार प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार दुई वर्षसम्म चल्ने बताए । उनले भने, ‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु ।’ 

आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व लिने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update