Odapalika - The Fourth Estate - चौथो अंग
सबैलाई करचुक्ताको प्रमाणपत्र अनिवार्य छैन, चाहिनेले घरबाट लिन सकिन्छ : महानिर्देशक तिवारी 

काठमाडौँ ।  आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले करचुक्दा प्रमाणपत्र लिनैपर्छ भन्ने नरहेको बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले सबै करदाताहरूले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका हुन् । 

कुनै पनि कम्पनीहरूले करचुक्ताको प्रमाण आवश्यकताअनुसार लिन सकिने उनको भनाइ छ । महानिर्देशक तिवारीले घरबाट नै आवश्यक भएको खण्डमा करचुक्ताको प्रमाण पत्र प्रिन्ट गर्न सकिने बताए । उनले करदाता सबै इमान्दार नभएको बताए । 

‘कुनै पनि कम्पनीहरूले करचुक्ताको प्रमाण लिनुपर्छ भन्ने छैन । जसलाई आवश्यक छ उसैले बनाउने हो । करचुक्ता अनिवार्य चाहिन्छ भन्ने छैन । ६३ लाख करदाता हुनुहुन्छ । घरबाट नै आवश्यक भएको खण्डमा करचुक्ताको प्रमाण पत्र पिन्ट हुन्छ,’ उनले भने । 

उनका अनुसार हिसाब मिलान नहुँदा करचुक्ता प्रमाणपत्र दिन ढिला भएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update