Odapalika - The Fourth Estate - चौथो अंग
मध्यान्हमा राहुकाल, कुन राशिलाई कस्तो फल ?

आजको पञ्चाङ्ग 

तिथिः द्धादशी । नक्षत्रः मृगशीरा । करणः गर । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः २८ । सूर्यास्तः १८ः ५१ । दिनमानः ३३ः २८ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म ।

तपाईंको आज 

मेष ( चु चे चो ला लि लु ले लो अ )

तपाईंको तर्कले सबै प्रभावित हुनेछन् । परिवारको प्रगति सुन्नु पर्नेछ । पराक्रम बढ्नेछ । आयआर्जन हुनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईँको व्ययमा बृद्धि हुनेछ । कुटुम्बसँग भेटघाटको अवसर जुर्नेेछ । स्वस्थ्यमा आएको समस्यामा रहिरहनेछ । लामो यात्रा हुनेछ ।

मिथुन  (का कि कु घ ङ छ के को ह )

काम बन्ने तथा पराक्रम बढ्नेछ देखिन्छ । कतै महत्वपूर्ण व्यक्ति भएर जाने अवसर मिल्नेछ । सबैको साथ रहनेछ ।  

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

अप्रत्यासित धन प्राप्त हुनेछ । यात्राको अवसर मिल्नेछ । कुनै सामान पाउने सम्भावना बढी देखिन्छ । बोलीको प्रभावले काम बन्नेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ  । लाभ हुनेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । स्थायी सम्पत्ति जोडिनेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । विद्यामा सफल भइनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

अचानक अप्रिय खबर सुनेर मन चिन्तित होला । अत्याधिक खर्च हुने देखिन्छ । काम गरेको ठाउँमा पनि जस पाउने सम्भावना छैन । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

जीवन साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । धर्मप्रति मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइ मनमा आउनेछ । स्वास्थ बिग्रनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न सकिनेछ । अरुले कामको सम्मान भने गर्नेछन् । धन लाभ हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन कार्यक्षेत्रमा ब्यस्त रहनु पर्नेछ । शरीरमा स्पूmर्ति आउनेछ । नयाँ ठाउँको यात्रा भने गर्नुहुनेछ । मानसम्मान पाउने योग रहेको छ ।            
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update