Odapalika - The Fourth Estate - चौथो अंग
अदानचुली गाउँपालिकाकी पूर्वउपाध्यक्षको हेलिकोप्टरमार्फत उद्धार 

काठमाडौँ । हुम्लाको विकट स्थानमा पर्ने अदानचुली गाउँपालिकाकी पूर्वउपाध्यक्षलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेर उपचार गराएको छ । 

वडा नम्बर ५ बारी गाउँकी पूर्वउपाध्यक्ष सौमत रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरी हुने समय नपुग्दै शिशु जन्माउने क्रममा बेहोस हुँदा बुधवार साँझ उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । 

ऐडीले मङ्गलबार शिशु जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर उद्धार गरिएको हो ।

मङ्गलबार गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update