Odapalika - The Fourth Estate - चौथो अंग
बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, १८ जनाको उद्दार 

काठमाडौँ ।  काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ भने १८ जनाको उद्दार गरिएको छ । 

प्रदेश ३०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो । 

दुर्घटनामा परेको बसमा सवार अहिलेसम्म ८ जना मृत्यु भएको  र १८ जनाको जिवितै उद्दार गरिएको जिल्लाप्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।  प्रहरीका अनुसार दुर्घटनामा परेकाहरुको उद्दार र खोजी कार्य जारी छ । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update