Odapalika - The Fourth Estate - चौथो अंग
केपी ओलीको ‘शुभ बिहानी’ सन्देशः पार्टीको बैठक बालुवाटारमा राख्दिनँ 

 

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ’सकेसम्म’ नराख्ने बताएका छन् ।

पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा नराख्न सामाजिक संजालमा सुझाव आएको प्रधानमन्त्रीले जनाएका छन् । सर्वसाधारणबाट आएको यही सुझावका आधारमा पार्टी बैठक बालुवाटारमा नराख्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।

यद्यपि, उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ नदिएको र काबुबाहिरको अवस्थामा आएमा पार्टी बैठक बालुवाटारमा राख्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्–

शुभ बिहानी !

सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।

आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।

धन्यवाद 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update