Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला अध्यक्ष भेलामा राजेन्द लिङ्देनले भने– हामी बलियो प्रतिपक्षीमा बस्छौँ

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब बलियो प्रतिपक्षी भएर बस्ने बताएका छन् । 

काठमाडौँमा बिहीबारबाट सुरु भएको जिल्ला अध्यक्षको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा जाने÷नजाने भन्ने विषय परिस्थितिले निर्माण गर्ने भन्दै अहिले बलियो प्रतिपक्षी भएर बस्ने बताएका हुन् । 

‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने हो,’ उनले भने, ‘सरकारमा पनि आवश्यकता अनुसार सहभागी हुन्छौ ठिक लागेन भने बाहिरिन्छौँ ।’

कोशी प्रदेशको सभामुख रणनीतिक रुपमा राप्रपाले लिएको बताउँदै उनले भने, ‘हामीले कोशी प्रदेशमा सभामुख पनि लिनुहुन्न भन्ने पक्षमै थिएँ, हामीले प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रणनीतिक रूपमा भाग लिएका हौँ ।’
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update