Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी 

काठमाडौँ । बजेट कार्यान्वयनको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका मेयर र उपमेयरबीच गम्भीर मतभेद सुरु भएको छ । 

उपमेयर भोला प्रसाद अधिकारीले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै चालु आर्थिक वर्षको बजेटबाट कुनैपनि महत्वपूर्ण निर्णय नगर्न र दैनिक कार्यसंचालनका लागि मात्र खर्च गर्न भन्दै पत्राचार गरेपछि दुइजनाबीचको विवाद उत्कर्षमा पुगेको हो । 

उपमेयरले प्रशासकीय अधिकृतलाई पत्र गत ११ साउनमा पत्र लेख्दै बजेट खर्च नगर्न निर्देशन दिएका थिए ।

हेर्नुहोस उपमेयरको पत्र 

WhatsApp-Image-2024-08-01-at-14.42.42-(1)-1722509921.jpeg
यो पत्र पाएलगत्तै मेयर राजन पौडेलले १६ साउनमा उपमेयरलाई पत्र लेख्दै आफुले कारवाही मात्र होइन फौजदारी कानुन आकर्षित गरेर मुद्दा चलाउने चेतावनी समेत दिएका छन् । 

हेर्नुहोस मेयरको पत्र 

WhatsApp-Image-2024-08-01-at-14.42.42-1722509921.jpegपत्रमा उनले उपमेयरलाई बजेट खर्च गर या नगर भनेर निर्देशन दिने अधिकार नभएको भन्दै किन उनको त्र गैरकानुनी छ भनेर कानुनका विभिन्न प्रावधानसमेत राखेर सचेत गराइएको बताएका छन् । 

उनले उपमेयरको पत्रलाई गैरकानुनी भन्दै यस्ता गैरकानुनी पत्राचार नगर्न सचेत समेत गराएका छन् । 

जीतपुरसिमरा उपमहानगरपालिकाका नगरसभाका एक चौथाइ अर्थात २५ प्रतिशत सदस्यको उपस्थितिलाई गणपुरक मान्दै मेयरले बजेट ल्याएर पारित गरेपछि त्यहाँ विवाद छ । 

मेयरको यो कदमविरुद्ध उपमेयरसहितका बहुमत जनप्रतिनिधिले सर्वोच्च अदालतमा रिट दायर गरेपनि अदालते अन्तरिम आदेश दिएर बजेट कार्यान्वयन रोक्न अस्वीकार गरेको छ । हाल यो विवाद अदालतमा बिचाराधीन अवस्थामा छ । 

अदालतले अन्तरिम आदेश नदिएपछि उपमेयरसहितका बहुमत जनप्रतिनिधिको दवावमा मेयरलाई बजेट पास गराउन सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरियो । 

तर प्रशासकीय अधिकृतले सरुवाविरुद्ध सर्वोच्चमा रिट निवेदन दिइन् । सो रिटमा सुनुवाई गर्दै अदालतले उनलाई सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

अन्तरिम आदेश लगत्तै प्रशासकीय अधिकृत हाल उपमहानगरमा फर्किएर कामकाज गरिरहेकी छिन् । 

उनलाई रोक्न कानुनी बाटोबाट नसेकपछि उपमेयरले पत्रमार्फत बजेट खर्च नगर्न र दुरगामी महत्वका कार्यक्रममा बजेट भुक्तानी गर्ने लगायतका प्रशासनिक निर्णय नगर्न भनेका हुन् । 


 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update