Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्नुपर्छः मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्ने बताएका छन् ।

विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले रोजगार सेवा केन्द्रलाई थप सुदृढ बनाउनु पर्ने पनि बताए । विश्व बैंकको आर्थिक सहयोगमा सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी रोजगार संयोजक राखिएको छ । तर, ती रोजगार संयोजकको जागिर नै सधै संकटमा पर्ने गरेको छ ।

यस्तै, मन्त्री भण्डारीले आन्तरिक रोजगारी बढाएर वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको भन्दै विश्व बैंकलाई सहयोगको लागि अनुरोध पनि गरे । 

सम्बन्धित समाचार

स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 

अवधि सकिनै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्रीको असन्तुष्टी, भन्छन्– प्रभावकारी भएन 

७५३ रोजगार संयोजकको जागिर सकियो, कार्यसम्पादन मूल्यांकनपछि मात्र नियुक्ति 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update