Odapalika - The Fourth Estate - चौथो अंग
८० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिका पठाएको छ । 

अतिरिक्त समूहमा रहेका नयाँ शाखा अधिकृतहरुलाई ६ महिने तालिमपछि मन्त्रालयले स्थानीय तहमा खटाएको हो । 

योसँगै अब ४५ भन्दा कम पालिकामा मात्र प्रशासकीय अधिकृत रिक्त भएको मन्त्रालयको भनाइ छ ।  गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था छ ।

नयाँ शाखा अधिकृत सरुवा गर्दा लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र ६ महिना तालिम लिएकोलाई ४० प्रतिशत गरी एकमुष्ट योग्यता क्रम निर्धारण गरिएको मन्त्रालयको भनाइ छ ।

कसको सरुवा कहाँ ?

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update