Odapalika - The Fourth Estate - चौथो अंग
सुनको मूल्यले बनायो नयाँ रेकर्ड 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार तोलामा ५०० ले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको भाउ १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि साउन २ गते सुन प्रतितोला १ लाख ४९ हजार ८०० सय रुपैयाँमा कारोबार भएर उच्च रेकर्ड बनाएको थियो । 

सो रेकर्ड तोड्दै शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो । 

बिहीबार सुन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि ५ रुपैयाँले बढेर शुक्रबार प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update