Odapalika - The Fourth Estate - चौथो अंग
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । 

सार्वजनिक नतिजाअनुसार ५२ प्रतिशत उत्तीर्ण भएका छन् । २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका हुन् । 

गएको वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । १ लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।

४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेको छ भने १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना छन् ।

१०२ जनाको परीक्षा रद्द भएको छ । 

1-1722579947.jpg
 

2-1722579905.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update