Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीलाई अर्काे मन्त्रालय वा विभागमा जान १५ दिनको मौका, सामान्यले निकाल्यो सुचना

काठमाडौँ । निजामती सेवाका कर्मचारीहरुले एउटा मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयबाट अर्काे मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयमा सरुवा हुने मौका पाएका छन् ।

मन्त्रालयले सुचना प्रकाशित गरी गरी एउटा मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयबाट अर्काे मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयमा सरुवा हुन इच्छुक कर्मचारीलाई १५ दिनभित्र निवेदन दिन भनेको छ ।

सरुवा निवेदनको ढाचा मन्त्रालयको वेबसाइटमा राखिएको छ । मन्त्रालयले गत बुधबार (१६ साउन) मा सुचना प्रकाशित गरेको हो । सो अनुसार साउन महिनाभरमा निवेदन दिएमा एउटा मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयबाट अर्काे मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयमा सरुवा हुन पाइने भएको छ ।

sruwa-notice-1722585369.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update