Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीले नियुक्त गरेका यी हुन् तीन राज्यमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । 

शुक्रबार प्रधानमन्त्री ओलीकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । याेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता पाएकाे छ । 

जसअनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update