Odapalika - The Fourth Estate - चौथो अंग
गुरूदेव कामतको निधनप्रति मधेशमा शोक, राष्ट्रिय झण्डा आधा झुकाइने 

जनकपुरधाम । मधेश प्रदेश सरकारले शास्त्रीय संगीतका साधक गुरूदेव कामतको निधनमा आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ ।

शुक्रबार कामतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार प्रदेशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएका हुन् । 

‘मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनु भएका स्व.गुरूदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकार मिति २०८१÷०४÷२० गते आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ,’ मुख्यमन्त्री सिंहको शोक वक्तव्यमा उल्लेख छ । 

बिहीबार गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको थियो ।

madhesh-1722592782.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update