Odapalika - The Fourth Estate - चौथो अंग
१५० प्रतिशतसम्म कर बढाएएपछि हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी आन्दोलित 

मकवानपुर । हेटौंडा उपहानगरपालिकाले १५० प्रतिशतसम्म कर बढाएको भन्दै व्यवसायी आन्दोलित भएका छन् । १५औँ नगरसभाबाट चालु आर्थिक वर्षको लागि २० देखि १५० प्रतिशतसम्मको करको दर पारित गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । 

नयाँ आर्थिक वर्ष सुरु भएसँगै कर तिर्न जाँदा व्यापक कर वृद्धि गरेको थाहा पाएपछि व्यवसायी आन्दोलित भएका हुन् । 

शुक्रबार उद्योग वाणिज्य संघले हेटौंडा उपहानगरका उपप्रमुख राजेश बानियाँको ध्यानाकर्षण गराउँदै करको दर सच्याउन आग्रह गरेको छ । 

मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ मकवानपुर लगायतका संघसंस्था उपमहानगरको करको दरप्रति असन्तुष्टि जनाउँदै आन्दोलित भएका हुन् । 

शुक्रबार उद्योण वाणिज्य संघले शुक्रबार नगर उपप्रमुख बानियाँको ध्यानाकर्षण गराएको छ भने आउँदो आइतबार निर्माण व्यवसायी संघले मेयर मिनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update