Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौँ नै फर्कियो 

काठमाडौँ । पोखराका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौँ नै फर्किएको छ । 

काठमाडौँबाट पोखराका लागि उडेको सो विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ फर्किएर जहाजलाई सुरक्षित रुपमा अवतरण गराइएको छ । 

उडान नम्बर ६५५ को विमानको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि काठमाडौँ नै फर्काएर सुरक्षित अवतरण गराइएको हो । 

काठमाडौँ अवतरण गराएपछि यात्रुलाई अर्काे विमानमा पोखरा पठाइएको छ भने सो विमानको प्राविधिकहरूले जाँच गरिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update