Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ १२ घन्टाको मौसम अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज  पनि देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर आंशिक देखि साधारणतया बदली रहने जनाएको छ ।  

विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको विभागको भनाइ छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update