Odapalika - The Fourth Estate - चौथो अंग
मकरको मित्र विवाद योग, धनुलाई धर्म, अरु राशिको यस्तो छ कर्म

तपाईंको आज 

मेष ( चु चे चो ला लि लु ले लो अ )

तपाईँको तर्क कामयावी हुनेछ । भाइको प्रगति सुन्नु पर्नेछ । पराक्रम बढ्नेछ । दाजुभाइबाट भने काममा अवरोध हुनसक्ला । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईंको आयमा बृद्धि हुनेछ । कुटुम्बको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ ।

मिथुन  (का कि कु घ ङ छ के को ह )

काम बन्ने तथा पराक्रम बढ्नेछ देखिन्छ । कतै महत्वपूर्ण व्यक्ति भएर जाने अवसर मिल्नेछ । सबैको साथ रहनेछ ।  

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

अप्रत्यासित नोक्सानी बेहोर्नु पर्नेछ । यात्राको अवसर मिल्नेछ । कुनै सामान गुम्ने सम्भावना बढी देखिन्छ । 

सिंह ( मा मि मु मे मो टा टि टु टे)

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ  । लाभ हुनेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । 

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

अचानक अप्रिय खबर सुनेर मन चिन्तित होला । अत्याधिक खर्च हुने देखिन्छ । काम गरेको ठाउँमा पनि जस पाउने सम्भावना छैन । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

जीवन साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । धर्मप्रति मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइ मनमा आउनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको सम्मान भने गर्नेछन् ।

मीन  (दि दु थ झ ञ दे दो चाची ) 

आजको दिन शत्रुहरुबाट जोगिनु पर्नेछ । शरीरमा अस्वस्थ्यता हुन सक्छ । नयाँ ठाउँको यात्रा भने गर्नुहुनेछ । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update