Odapalika - The Fourth Estate - चौथो अंग
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ? 

काठमाडौंँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ ।

त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । 

मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update